यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।
प्रधानमन्त्रीले हिजो बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायलगायत चुनावसँग प्रत्यक्ष जोडिएका निकायहरू तयार रहेको जनाउँदै प्रतिनिधिसभाको चुनाव फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ’ भन्नुभएको छ ।
गएको भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्रीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह समेत गर्नुभयो । नवयुवादेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उहाँको भनाइ छ ।
बालुवाटारमा भएको बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूले चुनावको प्रचारप्रसार स्वतन्त्र रूपमा हुने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए । दलहरूले बैठकमा शान्ति–सुरक्षालाई प्राथमिकतासाथ उठाएका हुन् ।
तर प्रधानमन्त्री कार्कीले तोकिएको मितिमै चुनाव हुने प्रतिबद्धतासहित शान्ति–सुरक्षाका विषयमा पनि ढुक्क रहन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।