विश्वकप फुटबल–२०२६ को ‘ड्र’ सार्वजनिक : अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज समूहमा

 मंसिर २०, २०८२ शनिबार ८:२९:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वकप फुटबल सन् २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज  समूहमा परेका छन् ।

पहिलो पटक आउँदो विश्वकपमा ४८ देशको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टोलीको निर्णय भइसकेको छ भने बाँकी ६ वटाका लागि प्लेअफ खेल हुनेछन् । पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

समूह विभाजन अनुसार ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्लेअफ ‘डी’ विजेता, समूह ‘बी’ मा क्यानडा, युरोपेली प्लेअफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्टकल्यान्ड, समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्लेअफ ‘सी’ विजेता, समूह ‘इ’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केपभार्डे, साउदी अरब र उरुग्वे, समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्लेअफ फिफा–टु को विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन, समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया, समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेका छन् ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया