यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा विराटनगर किंग्सले बलिङ रोजेको छ ।
त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगरले बलिङ रोजेपछि सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दैछ । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।
सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुगिसकेको छ भने विराटनगरलाई पहिलो क्वालिफायर खेल्न आज जित आवश्यक छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँग पहिलो क्वालिफायरमा खेल्नेछ । नभए लुम्बिनी लायन्ससँग इलिमिलेटरमा खेल्नेछ ।
त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमान्डु गोर्खाज खेल्नेछन् । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । पोखरा र चितवनसहित कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।