अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले पाेखरा एभेन्जर्सलाई १ सय २१ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायाे । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पाेखराका धनञ्जय लक्षणले ३ विकेट लिए ।
यस्तै आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेकाे छ । सुदूरपश्चिमले दिएकाे १ सय ४८ रनकाे लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गाेर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेकाे हाे ।
याेसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएकाे छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेकाे सुदूरपश्चिम र दाेस्राे स्थानमा रहेकाे विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्राे स्थानकाे काठमान्डु र चाैथाे स्थानकाे लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएल लिग चरणकाे अन्तिम खेलमा भाेलि दिउँसाे साढे ३ बजे जनकपुर बाेल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएकाे मङ्सिर १ देखि शुरू भएकाे दाेस्राे संस्करणकाे एनपीएलकाे फाइनल खेल यही २७ गते हुनेछ । प्रतियाेगितमा ८ वटा टाेली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।