कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन ...
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएकाे पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।
पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।
यस्तै आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।