अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – दक्षिण अफ्रिकासँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङखला भारतले २–१ ले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमै १ विकेट गुमाएर भेटायो । भारतका ओपनर यशस्वी जैसवालले अविजित १ सय १६ रनको शतकीय पारी खेले । दक्षिण अफ्रिकाका केशव महाराजले १ विकेट लिए ।
त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २ सय ७० रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए ।
यसअघि यी दुई टोलीबीच भएको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले भारतलाई हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच ५ खेलको टी–२० शृङ्खला आउँदो मङ्गलवारदेखि कटकमा शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।