मधेशमा मुख्यमन्त्री र तीन जना मन्त्रीको शपथ

 मंसिर २१, २०८२ आइतबार १३:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष शपथ ग्रहण गर्नुभयो । यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गर्नुभएको हो ।

नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिनुभयो । विश्वासकाे मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ ।

यादव गएको शुक्रवार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते अर्थात् आउँदो बुधवार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

आज बसेको सत्तापक्षीय सात दलीय गठबन्धनकाे बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया