अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – नामिबियाले आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपअघि दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ग्यारी कर्स्टनलाई सल्लाहकार नियुक्त गरेको छ । ५८ वर्षीय कर्स्टनसँग प्रशिक्षकका रूपमा प्रशस्त अनुभव छ ।
खेलाडीका रूपमा ग्यारी कर्स्टनले १०१ टेस्टमा ७ हजार २८९ रन र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ हजार ७९८ रन बनाएका छन् ।
कर्स्टन घरेलु र अन्तर्राष्ट्रियस्तरमा प्रशिक्षकका रूपमा पनि उत्कृष्ट मानिन्छन् । उनी प्रशिक्षक रहँदा भारतले दाेस्राे पटक सन् २०११ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको थियो । यस्तै कर्स्टन दक्षिण अफ्रिका र पाकिस्तानको मुख्य प्रशिक्षक भइसकेका छन् ।
ग्यारी कर्स्टनको प्रशिक्षण विशेषज्ञता फ्रेन्चाइज क्रिकेटमा पनि प्रख्यात छ । उनले चर्चित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि प्रशिक्षकको भूमिका निभाएका छन् ।
१०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।