घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 मंसिर २१, २०८२ आइतबार १६:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले चुनाव गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराउनुभयो । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत खरेलले बताउनुभयो ।

भण्डारीले समयमै चुनाव सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि मन्त्री खरेलको भनाइ छ ।

प्रधानमन्त्री कार्कीसँग भेट्नुअघि पूर्वराष्ट्रपति भण्डारीले नवयुवा आन्दोलनका क्रममा आगजनीमा परि खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया