एशेज टेस्ट शृङ्खला : अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई दोस्रो खेलमा पनि हरायो

 मंसिर २१, २०८२ आइतबार १८:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

गेटी इमेजेज

काठमाण्डाै – अस्ट्रेलियाले एशेज टेस्ट शृङ्खलाको दोस्रो खेलमा पनि इङ्ग्ल्यान्डलाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ८ विकेटले हरायो । अस्ट्रेलियाले खेलको चौथो दिनको चिया समयपछि १० ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटायो ।

दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले ३ सय ३४ रन बनाएको थियो । इङ्ग्ल्यान्डका जाेए रूटले १ सय ३८, ज्याक क्रलीले ७६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिए ।

यस्तै अस्ट्रेलियाले पहिलो पारीमा ५ सय ११ रन बनाएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले ७७, जेक वेदरल्डले ७२, मार्नस लाबुशेनले ६५, एलेक्स केरीले ६३, कप्तान स्टिभन स्मिथले ६१ रन बनाए । इङ्ग्ल्यान्डका ब्राइडन कार्सेले ४ विकेट लिए ।

दोस्रो पारीमा इङ्ग्ल्यान्ड २ सय ४१ रनमा अलआउट भएपछि अस्ट्रेलियाले ६५ रनको लक्ष्य पाएको थियो । दाेस्राे पारीमा इङ्ग्ल्यान्डका कप्तान बेन स्टाेक्सले ५० रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ५ विकेट लिए ।

योसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलियाले २–० को अग्रता लिएको छ । अस्ट्रेलियाले पहिलो टेस्ट ८ विकेटले जितेको थियो । अब तेस्रो टेस्ट यही डिसेम्बर १७ देखि एडिलेडमा शुरू हुनेछ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया