अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणकाे अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बाेल्ट्सलाई १ सय ३० रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनायाे । कर्णालीका इमरान शेखले ३३ रन बनाए । जनकपुरका ललित राजवंशी र आदित्य महताले २/२ विकेट लिए ।
दुवै टोली प्लेअफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । ६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटा मात्रै खेल जितेको साविक विजेता जनकपुर तालिकाको पुछारमा छ ।
क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।