समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता

 मंसिर २१, २०८२ आइतबार १८:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् ।

आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।

यसैबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक सय दुई वटा राजनीतिक दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । एक सय २० राजनीतिक दलले चुनावमा भाग लिनका लागि निवेदन दिएकामा एक सय दुई वटा दलले एक्लाएक्लै चुनावमा जाने गरी निवेदन दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । १२ वटा राजनीतिक दलले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गर्ने गरी पाँच वटा समूहमा निवेदन दिएका छन् । एकल र संयुक्त चुनाव चिह्न प्रयोग गरी एक सय १४ राजनीतिक दलले भाग लिने भएकाले उनीहरूका लागि एक सय सात वटा चुनाव चिह्न प्रयोग हुनेछ ।

राजनीतिक दलहरूको निवेदन स्वीकृत भइसकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते गर्ने कार्यतालिका छ । आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ । यस्तै माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने तयारी गरेको छ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया