यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – मधेश प्रदेश सरकारले यसअघि संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।
आज बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गएको कात्तिक २३ गतेदेखि मङ्सिर १७ गतेसम्मका तत्कालीन मन्त्रिपरिषदबाट भएका सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बर्दिबासको एक होटलमा शपथ लिनुभएका मुख्यमन्त्री सराेजकुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्नुभएको थियो । मङ्सिर १५ गते सर्वोच्च अदालतको परमादेशपछि पनि उहाँले विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू गर्नुभएको पाइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको हो । आजै नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्रीको शपथ लिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।