एनपीएलको लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हरायो

 मंसिर २१, २०८२ आइतबार २१:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई तीन रनले हराएको छ । कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य दिएको पछ्याएको जनकपुरले ७ विकेट गुमाएर १ सय २६ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका सञ्जय कृष्णमूर्तिले ५१ रन बनाए । कर्णालीका विलियम बोसिस्टो २, मार्क वाट, पवन सर्फ, नन्दन यादव र सोमपाल कामीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनायो । कर्णालीका इमरान शेखले ३३ रन बनाए । जनकपुरका ललित राजवंशी र आदित्य महताले २/२ विकेट लिए ।

दुवै टोली प्लेअफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाका लागि मात्रै थियो ।  ७ खेलमा दुई जीतसहित छैटौं स्थानमा रहेर कर्णालीले प्रतियोगिता टुङ्ग्यायो । समान खेलमा  एउटा मात्रै खेल जितेको साविक विजेता जनकपुर तालिकाको पुछारमा रह्यो ।

क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया