यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – बङ्गलादेशका पूर्वकप्तान शकिब अल हसनले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन् । ३८ वर्षीय अलराउन्डर हसनले टेस्ट र टी–२० बाट सन्न्यास फिर्ता लिँदै तीन वटै फर्म्याट खेल्ने इच्छा व्यक्त गरेका हुन् ।
शकिबले एक वर्षभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र गएको वर्ष टेस्ट र टी–२० बाट सन्न्यास लिएका थिए ।
इङ्ग्ल्यान्डका क्रिकेटर मोइन अलीको ‘बियर्ड बिफोर विकेट’ पोडकास्टमा शकिबले आफूले आधिकारिक रूपमा सबै फम्र्याटबाट सन्न्यास नलिएको बताए । उनले आफ्नो योजना बङ्गलादेश जाने र सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय, टी–२० र टेस्टको पूर्ण शृङ्खला खेल्ने रहेको सुनाए ।
शकिब सन् २०२४ को मेदेखि बङ्गलादेश फर्किएका छन् । गएको वर्षको अगस्ट ५ मा उनी सांसद रहेको अवामी लिग नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि शकिबले पाकिस्तान र भारतमा टेस्ट शृङ्खला खेले । कानपुरमा भारतसँगको दोस्रो टेस्ट उनको पछिल्लो अन्तर्राष्ट्रिय खेल थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।