यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – कुखुराको अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले १० दिनअघि मात्रै अण्डाको भाउ बढाएकोमा फेरि भोलिदेखि लागू हुने गरी भाउ बढाएको हो ।
नयाँ मूल्य अनुसार अण्डाको भाउ प्रतिक्रेट २० रुपैयाँ बढेको छ । अब सबैभन्दा ठूलो आकारको अण्डाको भाउ प्रतिक्रेट पाँच सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अण्डाको भाउ प्रतिक्रेट पाँच सय ६५ रुपैयाँ र मध्यम अण्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।
यो फार्मको थोक बिक्री मूल्य हो । यो खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा थप महँगो हुन्छ । काठमाण्डौका खुद्रा पसलमा अण्डाको भाउ प्रतिगोटा २२ देखि २५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि मङ्सिर १३ गतेदेखि लागू हुने गरी अण्डाको भाउ बढेको थियो । अण्डाको उत्पादन कम र माग बढी भएकोले भाउ बढाएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार जाडोका बेला अण्डाको माग बढ्छ । यस्तै पछिल्ला महिना भारतीय अण्डा अवैध रूपमा आउने क्रम रोकिएपछि नेपाली अण्डाले मूल्य पाएको उहाँको भनाइ छ ।
नेपालमा दैनिक झन्डै ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।