शेयर बजार लगातार छैटाैं काराेबार दिन घट्याे

 मंसिर २२, २०८२ सोमबार १५:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २ अङ्कले घटेर २ हजार ६ सय ६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो ।

आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव १६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय ३१ वटा कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया