यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – नेकपा एमालेको ११औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा बुझाउनुभएको छ ।
यही मङ्सिर २७ गतेदेखि शुरू हुने ११औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आज च्यासल पुगेर महासचिव शङ्कर पोखरेललाई अवधारणपत्र बुझाउनुभएको हो ।
अवधारणापत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदलगायत विषय पार्टीमा विधि बनिसके पनि तोडमोड गरिएको कुरा उल्लेख गर्नुभएको छ । यस्ता कुराले पार्टीमा समस्या ल्याउने उहाँको भनाइ छ ।
एमाले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएका पोखरेलले प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन संविधानलाई कम क्षतिमा जोगाइराख्ने आपत्कालीन विकल्प रहेको निष्कर्ष पनि पेश गर्नुभएको छ ।
अन्तरिम सरकारलाई चुनाव गराउन सघाउने र दबाव दिने बाध्यता रहेको भन्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थान हद हटाउन माग गर्नुभएको छ ।
पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टीभित्रको नियन्त्रण र सन्तुलनको परिचालन कसरी हुनुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरूले अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।
एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।