यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
भारतको सबैभन्दा ठूलो मध्येको एअरलाइन्स कम्पनी इन्डिगोको बजार भाउ पछिल्लो सात दिनमा ४ अर्ब ३० करोड अमेरिकी डलरले घटेको छ । गएको हप्तादेखि सेवा अवरुद्ध भएपछि इन्डिगो सञ्चालन गर्ने इन्टरग्लोब एभिएशन लिमिटेडको शेयर घट्ने क्रम रोकिएको छैन ।
आज कम्पनीको शेयर ८ दशमलव ६२ प्रतिशतले घटेको छ । गएको मङ्गलवार इन्टरग्लोब एभिएशन लिमिटेडको शेयर मूल्य प्रति कित्ता ५ हजार ७०० भारु रहेकोमा आजसम्म आइपुग्दा ४ हजार ९ सय ७ भारुमा झरिसकेको छ ।
यसैबीच आज सातौं दिन पनि इन्डिगोका उडानहरू रद्द भएका छन् । आज कम्पनीका पाँच उडान रद्द भएका छन् । यसअघि गएको शुक्रवार एकैदिन १ हजारभन्दा धेरै उडान रद्द भएका थिए । पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमहरूका लागि पर्याप्त योजना बनाउन असफल भएपछि पाइलटहरूको अभावका कारण गएको मङ्गलवार रातिदेखि इन्डिगोको सेवा प्रभावित भइरहेको हो ।
सेवा पूर्ववत् रूपमा आउन अझै केही दिन लाग्ने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।