यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
थाइल्यान्डकाे हवाई आक्रमणमा परि कम्बोडियामा चार जनाको ज्यान गएको छ । क्याम्बोडियाका सूचना मन्त्रीका अनुसार दुई सीमावर्ती प्रान्तमा थाई आक्रमणमा परि चार जना सर्वसाधारणको ज्यान गएको हो । नौ जना घाइते भएका र हजारौं मानिस विस्थापित भएका कम्बोडियाका सूचना मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
थाइल्यान्डले विवादास्पद सीमा क्षेत्रमा सैनिकहरूबीच भिडन्त भएपछि क्याम्बोडियाविरुद्ध हवाई आक्रमण गरेको बताएको छ । यस्तै थाइल्यान्डको सेनाले पनि कम्बोडियाली पक्षको आक्रमणबाट एक जना थाई सैनिकको ज्यान गएको र आठ जना घाइते भएका बताएको बीबीसीले जनाएको छ ।
सीमा विवाद चर्किएपछि गएको जुलाई महिनामा दुई देशबीच पाँच दिन युद्ध हुँदा कम्तीमा ४८ जनाको ज्यान गएको थियो ।
केही महिनाअघि मलेशिया र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र क्याम्बोडियाले युद्धविराम गरेका थिए । तर दुवै पक्षले एकअर्कालाई त्याे सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
विवादित सीमा नजिकै दुवै देशमा बस्ने हजारौं मानिस युद्ध चर्किने डरमा सुरक्षित ठाउँमा सर्न थालेका छन् । दुई देशबीच सय वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।