शहीद गेट, टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन

 मंसिर २४, २०८२ बुधबार १८:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद गेट र टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आज  निधन भएको हो ।

शहीद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै शहीद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक मूर्तिकार तुलाधरले बनाउनुभएको हो । साथै उहाँले सैनिक मञ्च टुँडिखेलको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो ।

तुलाधर नेपाली मूर्तिकलाका प्रख्यात कलाकारका रूपमा चिनिनुहुन्छ  । उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा मूर्ति बनाउनुभएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया