साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डाै – मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबीएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो सुंस्करण शुरु भएको छ । कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित विषयमा केन्द्रित रही नवीन सोच खोज्ने र समाधानमा आधारित रही उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम हिजोदेखि शुरु भएको हो ।
यस कार्यक्रममा स्नातक तहका सूचना तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रर्तकहरू सहभागी छन् । यसवर्ष पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचाना तथा खुला विषयवस्तुमा प्रतिस्पर्धीहरूलाई मञ्चमा प्रस्तुत गरी प्रतिस्पर्धा गराइने आयोजक मदन भण्डारी मेमोरियल कलेजले जनाएको छ ।
कार्यक्रममा सहभागीले आफ्ना नवीन सोचबारे विचार प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसवर्ष १ सय ३८ समूहहरू दर्ता भएकामा प्रस्तुतिका लागि ३२ वटा समूह छनोट भएको आयोजकले जनाएको छ । उत्कृष्ट विचारहरुलाई पुरस्कार, मार्गदशन तथा सहकार्यका लागि आवश्यक संस्थाहरूसँग समन्वय गरिने क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।