साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
कृत्रिम बुद्धिमता अर्थात् एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबले ऐतिहासिक कदम चालेको छ । उसले रियादमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ ।
यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठूलो सरकारी स्वामित्वको केन्द्र बन्ने त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हेक्सागन डाटा केन्द्रको क्षमता ४ सय ८० मेगावाट रहने र दुई दशमलव आठ लाख वर्गमीटर क्षेत्रमा फैलिनेछ ।
साउदी डाटा तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्राधिकरणले सञ्चालन गर्ने यो परियोजनाले द्रुत रूपमा विस्तार भइरहेको इलेक्ट्रोनिक प्लेटफर्म र डिजिटल सेवाहरूका लागि अधिकतम उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
प्राधिकरणका अध्यक्ष अब्दुल्लाह बिन शराफ अल्घामदीले केन्द्रको उद्घाटन समारोहमा देशभित्र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विशेषज्ञता विकास गर्ने र अन्तर्राष्ट्रिय प्रविधि लगानी आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
परियोजनाले साउदी भिजन सन् २०३० का उद्देश्यहरूसँग मेल खानेछ, जसमा ‘दिगो ज्ञानमा आधारित अर्थतन्त्र निर्माण र उन्नत प्रविधिमा विश्व नेतृत्व हासिल गर्ने’ लक्ष्य समावेश गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।