लीड्स युनाइटेड र वेल्सका पूर्वमिडफिल्डर टेरी योराथको ७५ वर्षको उमेरमा निधन

 पुष २४, २०८२ बिहीबार १८:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लीड्स युनाइटेड र वेल्सका पूर्वमिडफिल्डर टेरी योराथको ७५ वर्षको उमेरमा निधन भएको छ ।

योराथले सन् १९६७ देखि नौ वर्षको अवधिमा आफ्नो पहिलो व्यावसायिक क्लब लीड्सका लागि १ सय ९९ खेलमा ११ गोल गरेका छन् । उनले सन् १९७४ मा लीड्सबाट पहिलो डिभिजनको उपाधि जितेका थिए र एफए कप, युरोपियन कप र कप विजेता कपमा उपविजेता पदक जितेका थिए ।

टेरी योराथले वेल्सका लागि ५९ पटक खेल्दा ४२ पटक टोलीको कप्तानी गरेका थिए । यस्तै उनले सन् १९९४ मा टोलीलाई विश्वकप फाइनलको नजिक पुर्‍याएका थिए तर अन्तिम छनोटमा रोमानियासँग उनको टोली २–१ गोलले पराजित भएको थियो ।

योराथ सन् १९८५ मा भ्याली परेड आगलागीका दिन योराथ ब्राडफोर्डका खेलाडी–प्रशिक्षक थिए जसमा ५६ जना प्रशंसकको ज्यान गएको थियो भने २ सय ७० जना घाइते भएका थिए ।

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया