न्यु डायमण्ड र नेपाल पुलिस केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

 पुष २५, २०८२ शुक्रबार ६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

न्यु डायमण्ड र पुलिसले एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । हिजो भएको दोस्रो खेलमा न्यु डायमण्डले एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्याे । न्यु डायमण्डले २५–१६ र २५–२१ ले लगातार दुई सेट जित्दै २–० को अग्रता बनायो । एपीएफले २५–२१ र २५–१९ ले तेस्रो र चौथो सेट जितेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

त्यसपछि निर्णायक पाँचौँ सेट न्यु डायमण्डले १५–७ को सेटमा जित्दै खेल आफ्नो पक्षमा पार्याे । लगातार दुई खेल जितेका न्यु डायमण्ड र पुलिस दुवैले समान ५ अंक जोड्दै फाइनल यात्रा सुरक्षित गरेका छन् । यसअघि हिजै त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी लाई ३–२ ले पराजित गर्दै १ अंक जोडेको थियो ।

पुलिसले २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ को सेटमा जीत हासिल गरेको हो । आज न्यु डायमण्ड र पुलिसबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया