रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

 पुष २५, २०८२ शुक्रबार ७:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रियल म्याड्रिड एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो । कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे । ५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए ।

टोलीले त्यसपछि बराबरी गर्न सकेन । अब पर्सि आइतवार हुने फाइनलमा रियल म्याडिटले बार्सिलोनासँग खेल्नेछ । यसअघि अस्ति बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५–० गोलले हराउँदै फाइनल पुगेको थियो । 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया