फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

 पुष २५, २०८२ शुक्रबार १२:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप जितेको छ । कुवेतमा पीएसजीले मार्सेइविरुद्ध इन्जुरी टाइममा बराबरी गोल फर्काउँदै पेनाल्टी सुटआउटपछि मार्सेईलाई हराउँदै लगातार चौथोपटक उपाधि जितेको छ ।

२–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा पीएसजी ४–१ ले विजयी भएको हो । च्याम्पियन्स लिग विजेता पीएसजीले खेलको १३औँ मिनेटमा उस्मान डेम्बेलेको गोलमार्फत अग्रता लियो । खेलको अन्तिम समयमा मार्सेईलेका मेसन ग्रिनवुडले पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा विलियन पाचोले आत्मघाती गोल गर्दा मार्सेई अग्रता लिएको थियो ।

तर इन्जुरी समयको पाँचौँ मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए । पेनाल्टीमा पीएसजीका गोलकिपर लुकास चेभालिएर म्याट ओराइली र हामेद त्राओरेका पेनाल्टी बचाए । पीएसजीका तर्फबाट रामोस, भिटिन्हा, नुनो मेन्डेस र डेजिरे डोउएले पेनाल्टी गोल गरेपछि पीएसजी ४–१ ले विजयी भयो ।

अन्तिम अपडेट: माघ ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया