साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डाै – नेपालकाे विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति १९ दशमलव ६ प्रतिशतले बढेको हो ।
यस्तै चालू आर्थिक वर्षकाे साउनदेखि मङ्सिर पाँच महिनासम्म चालू खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात ५८ दशमलव २ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा कुल वस्तु आयात १५ दशमलव ८ प्रतिशतले बढेर ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा १० दशमलव ५ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
यस्तै गएको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ०५ प्रतिशत रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।