वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन

 पुष २६, २०८२ शनिबार ८:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् पूर्व मन्त्री होमनाथ दाहालको गएराति निधन भएको छ । घुँडासम्बन्धी समस्याबाट पीडित दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो ।

काठमाण्डौको मैतीदेवी निवासमा दाहाललाई हृदयाघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

१९९८ साल कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहालले नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०५६ सालमा ओखलढुङ्गा क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित भएपछि २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक पत्रकार दाहालले नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको छ । उहाँका श्रीमती अनि दुई छोरा हुनुहुन्छ ।
 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया