साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताउनुभएको छ । उहाँले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको दोहोर्याउनुभएको छ ।
पार्टी केन्द्रिय कर्यालय सानेपा ललितपुरमा पत्रकारसँग बोल्दै उहाँले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताउनुभयो । उहाँले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।
आउँदो फागुन २१ को चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भ तत्काल रोक्नुपर्नेमा उहाँको जोड छ । प्रवक्ता महतले कांग्रेस विभाजित हुने नभइ एकढिक्का भएर चुनाव जानु नै उपयुक्त हुने बताउनुभएको छ ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भोलि र पर्सि विशेष महाधिवेशन गर्न लागिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।