दाहालको निधनमा कांग्रेसले भोलि पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

 पुष २६, २०८२ शनिबार ११:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको केन्द्रिय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

दाहाल २०५६ सालको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित हुनुभएको थियो । साथै २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनुभयो ।

बैठकले आज, भोलि र पर्सिसम्म तीन दिन केन्द्रिय, प्रदेश, जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको गरेको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् पूर्व मन्त्री दाहालको गएराति निधन भएको हो । 
 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया