जुनसुकै तरिकाले भए पनि ग्रीनल्याण्डमाथि स्वामित्व कायम गर्ने ट्रम्पको संकेत

 पुष २६, २०८२ शनिबार ११:५५:५० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि स्वामित्व कायम गर्नुपर्ने भनाइ दोहोर्याउनुभएको छ । उहाँले ग्रीनल्याण्डलाई सजिलै वा अप्ठ्यारो जुनसुकै तरिकाले पनि नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ ।

रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले डेनमार्कको यो अर्ध–स्वायत्त क्षेत्र किन्ने योजना बनाएको भए पनि आवश्यक परे बल प्रयोग गरेर पकड कायम गर्ने विकल्पलाई समेत नकारेको छैन । तर डेनमार्कले यसको विरोध गर्दै यो क्षेत्र बिक्रीका लागि नभएको स्पष्ट पारिसकेको छ ।

डेनमार्कले अमेरिकी सैन्य हस्तक्षेप भएमा ट्रान्स–एट्लान्टिक रक्षा गठबन्धन (नेटो) को अन्त्य हुने चेतावनी पनि दिएको छ । नेटो सहयोगी देशहरु क्यानडा तथा अन्य युरोपेली देशहरूले पनि डेनमार्कको समर्थन गरेका छन् ।

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया