साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज चलिरहेको केन्द्रीय कमिटीको बैठकमा उहाँले चुनावको वातावरण बनि नसकेको भए पनि चुनाव गर्नुपर्ने बताउनुभयो ।
नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको भन्दै उहाँले भयरहित चुनावको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउनुभयो । उहाँले चुनाव सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै चुनाव गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज दोस्रो पूर्ण बैठक बसेको हो । संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय/व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाण्डौमा सम्पन्न भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।