साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
बाँके – तराईमा लागेको हुस्सु र कुहिरोका कारण मौरी मर्न थालेका छन् । आफूले पालेका मध्ये झन्डै दुई प्रतिशत मौरी चिसोका कारण मरेका नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवम् मौरी पालक किसान पुरमल बस्नेतले बताउनुभयो ।
शीतसहितको आवा चल्दा कतिपय घार नै रित्तो हुने गरी मौरी मरेका उहाँको भनाइ छ । चिसोका कारण चरिचरण समेत प्रभावित भएकोले मह उत्पादन निकै घट्ने उहाँले बताउनुभयो ।
मौरीको घारलाई न्यानो बनाउन पहल नगरिए धेरै किसानले क्षती बोहोर्नुपर्ने देखिएकोले सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । चिसोका कारण रानीमौरीले अण्डा पार्न नसक्नुसँगै चिसोले कर्मी मौरी बाहिर आउन नसक्दा किसानलाई दुबैतर्फ घाटा भएको छ । बाँकेको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा किसानले मौरीपालन गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।