सन् २०२५ मा समुद्रमा अहिलेसम्मकै धेरै ताप शोषण

 पुष २६, २०८२ शनिबार १५:४:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वका महासागरहरूले सन् २०२५ मा आधुनिक मापन शुरु भएदेखिकै सबैभन्दा बढी ताप शोषण गरेका छन् । एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज नामक जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा महासागरहरूमा झन्डै २३ जेटाजुल अतिरिक्त ताप शोषण भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी र सन् २०२३ को विश्व ऊर्जा खपतको ३७ गुणाभन्दा बढी हो । ३१ वटा अनुसन्धान संस्थाका ५० जना भन्दा बढी वैज्ञानिकको सहकार्यबाट निस्किएको निष्कर्ष अनुसार प्रतिवेदन तयार पारिएको हो ।

सन् १९५० को दशकदेखि राखिएको आधुनिक रेकर्डमा यो सबैभन्दा उच्च स्तरको महासागरीय ताप हो । महासागरले तापक्रम शोषणमा यो सहित लगातार नवौंपटक रेकर्ड तोडेको छ । समुद्रले बढी ताप शोषण गर्दा समुद्री सतह बढाउने, चक्रवातको तीव्रता बढाउने र आँधीबेहरी एकै ठाउँमा बढी समय रहेर अधिक विनाश निम्त्याउने जोखिम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

महासागरीय तापले सन् २०२५ मा दक्षिणपूर्वी एशियामा व्यापक बाढी, मध्यपूर्वमा खडेरी र मेक्सिको तथा प्रशान्त उत्तरपश्चिममा बाढी आउनुमा महत्त्वपूर्ण भूमिका खेलेको अध्ययनले देखाएको छ । 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया