साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डौ – नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो ।
न्यु डायमन्डले पहिलो सेट २५–२२, दोश्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले जित्यो । पुलिसले तेश्रो सेट २५–१५ ले जित्यो ।
यसअघि आजै तेश्रो स्थानका लागि भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–१३, २५–२३ र २५–१८ ले जित्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । चार वटा टोली सहभागी प्रतियोगिताको विजेता न्यु डायमन्डले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेता पुलिसले २ लाख ५० हजार, तेस्रो भएको एपीएफले १ लाख २५ हजार र चौथो भएको आर्मीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।