साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डौ – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उद्घाटन सत्रको सभापतित्व काठमाण्डौका जिल्ला सभापति र बन्दसत्रको सभापतित्व ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने भएका छन् ।
विशेष महाधिवेशन पक्षका नेता सुवाष पोखरेलका अनुसार प्रमुख अतिथीका लागि सभापति शेरबहादुर देउवालाई पत्र पठाइएको छ । तर सभापति देउवाको सचिवालयले निमन्त्रणा पत्र बुझ्न अस्वीकार गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि पत्र दिइएको छ । संस्थापन पक्ष मानिने नेता नेता गोपालमान श्रेष्ठ भने विशेष महाधिवेशनमा सहभागी हुने पोखरेलले बताउनुभयो । उहाँका अनुसार पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरु डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरु पनि विशेष महाधिवेशनमा सहभागी हुनेछन् ।
विशेष महाधिवेशनस्थलमा संरचना निर्माणदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू धमाधम भइरहेका छन् । प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा हुँदै गर्दा दलका नेताहरुबीच छलफल पनि तिब्र रूपमा भइरहेको छ । सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाएर नेता डा.शेखर कोइराला, सहमहामन्त्री जीवन परियार र डा.मिनेन्द्र रिजालसँग छलफल गर्नुभएको छ ।
गगन थापा, विश्वप्रकाश शर्मा लगायत विशेष महाधिवेशन पक्षधर नेताहरुले पनि छलफललाई तिब्रता दिएका छन् । संस्थापन पक्ष जसरी पनि विशेष महाधिवेशन रोक्न लागिपरेको छ भने इतरपक्ष सम्पन्न गर्ने लक्ष्यमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।