इरानमा सरकारी दमनकै बीच प्रदर्शन झनै उग्र बन्दै

 पुष २६, २०८२ शनिबार १८:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानमा लगातार १४औं दिन पनि प्रदर्शन चलिरहँदा देशभर इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएका छन् । प्रदर्शनमा व्यापक दमन गरिरहेको सरकारले इन्टरनेट सेवा अवरुद्ध गर्नुको साथै फोनसेवा पनि सिमित पारेको बीबीसीले जनाएको छ ।

इरानका सबै ३१ प्रान्तका झन्डै १ सय ८० शहरमा प्रदर्शन भइरहेको छ । पछिल्लो एक वर्षमा मुल्यवृद्धि ४२.२ प्रतिशतले बढ्नुका साथै देशको मुद्रा अवमूल्यन भएर एक अमेरिकी डलर बराबर इरानी रियलको मुल्य १४ लाख ५० हजार रुपैयाँसम्म झरेपछि १३ दिनअघि व्यापारीहरुले आन्दोलन शुरु गरेका हुन् ।

शुरुमा आर्थिक मुद्दामा केन्द्रित यो आन्दोलन अहिले सरकारविरोधी आन्दोलनमा परिणत भएको छ । प्रदर्शनकारीहरूले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरोध गरिरहेका छन् । एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले सङ्कलन गरेको विवरण अनुसार सरकारले प्रदर्शनमा अत्यधिक वल प्रयोग गरेको छ ।

इरानको आर्थिक सङ्कट वर्षौंदेखिको अन्तर्राष्ट्रिय प्रतिबन्ध, सरकारी कुव्यवस्थापन र गएको जुनमा इजरायल तथा अमेरिकासँग भएको १२ दिने युद्धका कारण उत्पन्न भएको हो । संयुक्त राष्ट्रसङ्घले गएको सेप्टेम्बरमा इरानमाथि आणविक कार्यक्रमसँग सम्बन्धित प्रतिबन्धहरू पुनः लागू गरेपछि स्थिति थप गम्भीर बनेको छ ।

शासनको समर्थक मानिने तेहरानको ग्रान्ड बजारका व्यापारीहरू नै आन्दोलनमा निस्किएकाले अहिले इरानमा शासनप्रणाली नै खतरामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । इरानका सर्वोच्च नेता अयोतुल्लाह खामेनाईले अमेरिकालाई खुसी पार्न चाहनेहरू आन्दोनमा रहेका भन्दै दंगाकारीलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया