आईजीपी कार्कीको शब्द रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक

 माघ ३, २०८२ शनिबार १२:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक भएको छ । हिजो नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, सङ्घर्ष, सेवा भावलाई सजिव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानु दिन भोग्दै आएको सङ्घर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्वार्थ सेवाको यथार्थ चित्रणसहितको भाव उक्त गीतमा प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायाङ्कनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तबरले प्रस्तुत गरिएको जनाइएको छ ।

नवयुवा पुस्ताको आन्दोलन पश्चात खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आमनागरिक प्रतिको कर्तव्य बोधलाई यस गीतले भावानात्मक रूपमा उजागर गरेको महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त गीतमा दिपक शर्माको सङ्गीत, उदयराज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल, कृतिका बस्नेतलगायत कलाकारहरूले अभिनय गरेका छन् । मानव सुवेदीको कथा एवम् निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन तथा सरोज ओलीको भिडियो अवधारणा रहेको छ ।

गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायब महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया