भरतपुरबाट काठमाण्डौ र पोखरा उडान गर्ने जहाजले फागुन ६ गतेदे...
फागुन १, २०८२ शुक्रबार
काठमाण्डौ – सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाका बागमती र यसका सहायक नदीका हकमा निर्धारित मापदण्डबाहेक दायाँबायाँ थप २० मिटर छाडेर मात्र नक्सा पास गर्नुपर्ने फैसला बदर गरेको छ ।
न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघि २०८० साल पुस ३ गते सर्वोच्च अदालतले दायाँबायाँ २० मिटर छाडेर घर बनाउनुपर्ने फैसला हिजो उल्टाईदिएको हो । अदालतको यो फैसलासँगै नदी किनारा आसपास २० मिटर छाड्न नपर्ने भएको छ ।
‘उल्लिखित थप २० मिटरभित्रको जग्गामा कानुनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनारा क्षेत्रमा स्थायी संरचनाहरु निर्माण गर्न र नदी तथा खोलाको सहज प्रवाहका लागि आवश्यक पर्ने जग्गा कानुनबमोजिम क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने भन्ने हदसम्मको फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिँदा त्यो हदसम्म संयुक्त इजलासको २०८० पुस ३ गतेको फैसला केही उल्टी हुने ठहर्छ’ फैसलामा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।