रवि लामिछानेद्वारा चितवन २ मा वारेसमार्फत उम्मेदवारी दर्ता

 माघ ६, २०८२ मंगलबार १७:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उहाँले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा मनाेनयन दर्ता गराउनुभएकाे हाे ।

उहाँले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेस दिइ उमेदवारी दर्ता गराउनुभएकाे हाे । लामिछानेसँग आज अदालतले एक कराेड रुपैयाँ धराैटी माग गरेकाे थियाे ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए ।

रवि लामिछाने तेस्राे पटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएकाे हाे ।

अन्तिम अपडेट: फागुन १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया