वीर अस्पतालले दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्र वितरण...
फागुन १, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्द महासागरमा रहेको चागोस टापुको सार्वभौमिकता मरिससलाई हस्तान्तरण गर्ने सम्झौताका लागि बेलायतलाई ‘ठूलो मूर्खता’ गरेको आरोप लगाउनुभएको छ ।
ट्रम्पले बेलायतले अत्यन्त महत्त्वपूर्ण भूभाग हस्तान्तरण गर्नु ठूलो मूर्खतापूर्ण कार्य रहेको र यो ग्रीनल्यान्ड अधिग्रहणको राष्ट्रिय सुरक्षासँग सम्बन्धित रणनीतिमा अर्को चुनौती रहेको आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ । यी टिप्पणीहरूले ट्रम्पका विचारमा ठूलो परिवर्तन देखाउँछन्, उहाँले पहिले सम्झौताको समर्थन गर्नुभएको थियो ।
सम्झौताअनुसार बेलायतले द्वीपसमूह मरिससलाई फिर्ता गर्नेछ र सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा रहेको प्रमुख अमेरिकी–बेलायत सैन्य आधारलाई भाडामा दिनेछ ।
सन् १९६० मा मरिससले स्वतन्त्रता प्राप्त गरेपछि बेलायतले चागोस टापुमाथि नियन्त्रण राख्दै आएको थियो । तर यस प्रक्रियाले हजारौँ चागोस टापुवासीलाई विस्थापित बनाएको थियो जसले बेलायती अदालतमा क्षतिपूर्तिका लागि कानूनी दाबीको शृङ्खला राखेका छन् ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले दशकौँको कानूनी सङ्घर्षपछि बेलायतलाई द्वीपसमूह मरिससलाई हस्तान्तरण गर्न सिफारिश गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।