टिकट बाँड्न व्यस्त भएपछि गगन थापाको मनोनयन वारेसमार्फत दर्ता

 माघ ६, २०८२ मंगलबार १८:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा वारेसमार्फत उमेदवारी दर्ता गराउनुभएको छ । टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंहमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सर्लाही ४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. रजनीश राय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह र जनता समाजवादी पार्टी (जसपा) बाट रामेश्वर रायले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि काठमाण्डौ ४ बाट प्रतिस्पर्धा गर्दै आउनुभएका थापा यस पटक सर्लाहीमा जानुभएको छ ।

मनोनयन दर्ता गर्ने समय नजिकिएकै बेला कांग्रेसमा विशेष महाधिवेशनन भएको र आधिकारिकता विवादसमेत रहेकोले अरू दलको तुलनामा टिकट बाँढ्न ढिला भयो । कांग्रेसले आज दिउँसोसम्म पनि टिकट बाँढिरहेको थियो ।

१ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले १ सय ६ जना नयाँ उम्मेदवार छानेको जनाएको छ जसमा ११ जना महिला छन् ।

अन्तिम अपडेट: माघ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया