आज विश्व मिर्गाैला दिवस
फागुन २८, २०८२ बिहिबार
बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता विद्यार्थी नेतृत्वको आन्दोलनले अन्त्य गरेको १८ महिनापछि पहिलो चुनाव सम्पन्न भएको छ । हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले यस चुनावमा सहभागी हुन पाएन ।
चुनावमा मुख्य प्रतिस्पर्धा दक्षिणपन्थी बङ्गलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामीको नेतृत्वमा रहेको गठबन्धनबीच रहेको बीबीसीले जनाएको छ । भोलिसम्म परिणाम आउने अपेक्षा छ ।
२ हजारभन्दा धेरै उम्मेदवार संसदीय सिटका लागि प्रतिस्पर्धामा थिए भने १२ करोड ७७ लाख मतदाता रहेका थिए । मतदाताले संविधान परिवर्तनसम्बन्धी जनमत सङ्ग्रहमा पनि मतदान गरेका छन् ।
मतदानपछि बोल्दै नाेबेल पुरस्कार विजेता अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले देशले नयाँ सपना शुरू गरेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।
मतदानका क्रममा धेरै ठाउँमा झडप भएको थियो । खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेता मोहिबुज्जमान कोचीको ज्यान गएको छ । यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रहरूबाहिर झडपमा तीन जना घाइते भएका छन् ।
प्रतिनिधिसभाका कुल ३०० मध्ये २९९ सिटमा चुनाव भएको हो । एक उम्मेदवारको निधन भएपछि शेरपुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको छ । चुनावका लागि झन्डै १० लाख सुरक्षाकर्मी परिचालन भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।