चुनावी गतिविधिबारे जानकारी लिन प्रधानमन्त्री कार्की ताप्लेजुङमा

 फागुन १, २०८२ शुक्रबार ११:५९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ । आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभएको छ ।

पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना  पाथीभराबाट शुरूवात’ भन्दै शान्तिपूर्ण चुनावका लागि कामना गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले जिल्लाका सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा चुनावमा खटिएका अधिकारीहरुसँग भेट समेत गर्दै हुनुहुन्छ ।

चुनावको वातावरण बुझ्नको लागि प्रधानमन्त्री कार्की हिजो सोलुखुम्बुको नाम्चे र सल्लेरी पुग्नु भएको थियो । हेलिकोप्टरमार्फत नाम्चे पुगेर त्यसपछि सदरमुकाम सल्लेरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले सरोकारवालालाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा शङ्का नगर्न आग्रह गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: फागुन २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया