आज विश्व मिर्गाैला दिवस
फागुन २८, २०८२ बिहिबार
काठमाण्डाै – एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भयो ।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालकी विन्दु रावलले ४५ बलमा ३९ रन बनाइन् । पाकिस्तानकी अनुशा नासिरले ३ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । पाकिस्तानकी कप्तान हफ्सा खालिदले नटआउट ४० रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार यूएईसँग र अन्तिम खेलमा भारत ‘ए’ सँग खेल्नेछ ।
थाइल्यान्डमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।