टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे

 फागुन १, २०८२ शुक्रबार १४:५८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : जिम्बावे क्रिकेट

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो ।

जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजरबानीले ४, ब्राड इभान्सले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएकाे थियाे । जिम्बावेका ब्रायन बेनेटले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले १/१ विकेट लिए ।

योसँगै जिम्बावे २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दाेस्राे स्थानमा छ । अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे क्यानडा र यूएई तथा बेलुका सवा ७ बजे अमेरिका र नेदरल्यान्ड्स खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

अन्तिम अपडेट: फागुन २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया