गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख ८८ हजारभन्दा धेरै प्रयोगकर्ताले गुनासो टिपाएका छन् ।
डाउन डिटेक्टरका अनुसार समस्या अमेरिकी समय अनुसार हिजो बेलुकी ५ बजेदेखि शुरू भएको थियो र छोटो समयमै तीव्र रूपमा बढेको थियो । सबैभन्दा बढी असर न्युयोर्क, वासिङ्टन डी.सी., लस एन्जलस र सान फ्रान्सिस्को जस्ता ठूला शहरमा देखिएको थियो ।
युट्युबले आफ्नो सपोर्ट पेजमार्फत् जानकारी दिँदै सिफारिस प्रणालीमा आएको समस्याका कारण होमपेज, एप, युट्युब म्युजिक र युट्युब किड्समा भिडियो नदेखिएको जनाएको छ । कम्पनीका अनुसार होमपेज पुनः सञ्चालनमा आइसकेको छ भने पूर्ण समाधानका लागि पनि निरन्तर काम भैरहेको छ । नेपालसहित भारतमा आंशिक रुपमा चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।