गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – पश्चिम नेपालका दुई महत्त्वपूर्ण प्रदेश—कर्णाली र सुदूरपश्चिमले चुनावी अङ्कगणितमा विशेष अर्थ राख्छ । दुवै प्रदेशमा विगतमा गठबन्धनले परिणाम निर्धारण गरेको इतिहास छ, तर यस पटक चुनावमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । त्यसैले यो चुनाव समीकरणको होइन, सङ्गठन र जनमतको परीक्षा बन्नेछ ।
कर्णाली प्रदेशमा १२ सिट छन् । सुर्खेत र दैलेखमा २/२ र बाँकी ८ जिल्लामा १/१ । भूगोल दुर्गम, बस्ती छरिएको र पहुँच कठिन भएकाले सङ्गठन र उम्मेदवारको पहुँच निर्णायक हुनेछ ।
२०७४ मा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले ११ सिट जित्दा नेपाली कांग्रेस शून्य भयो । यस्तै २०७९ मा कांग्रेस र माओवादीको तालमेल हुँदा एमाले शून्य भयो । कर्णालीमा जसको गठबन्धन भयो, उसैले ‘क्लिन स्वीप’ गर्ने प्रवृत्ति छ । तर यस पटक गठबन्धन छैन ।
सुर्खेतमा कर्मचारी–व्यापारी–युवा मतदाता प्रभावशाली देखिन्छन् । दैलेख, जाजरकोट, रुकुम, कालीकोटमा परम्परागत वाम आधार बलियो छ । डोल्पा, हुम्ला, मुगु र जुम्लामा व्यक्तित्व र पहुँच निर्णायक देखिने गरेको छ । दलित, जनजाति, पिछडिएको समुदाय र वैदेशिक रोजगारीमा निर्भर परिवार धेरै भएकाले कर्णालीमा विकास, रोजगारी, सडक र सेवा मुख्य मुद्दा छन् ।
दलगत अवस्थामा हेर्दा सुर्खेत र दैलेखमा कांग्रेसको सङ्गठन बलियो छ, तर उम्मेदवार निर्बल । ग्रामीण क्षेत्रमा एमालेको सङ्गठन बलियो छ, तर मतदाता असन्तुष्ट छन् । कालीकोट, रुकुम, जाजरकोटमा पूर्वमाओवादीको प्रभाव छ । तर विभाजनको असर पनि असरदार छ । युवामा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण छ, तर सङ्गठन कमजोर छ । त्यसैले एउटै दलको ‘क्लिन स्वीप’ यो पालि कर्णालीमा टुट्ने पक्का छ ।
सुदूरपश्चिममा १६ सिट छन् । १६ मध्ये आधा ८ सिट तराईको कैलाली र कञ्चनपुरमै छन् । कैलाली र कञ्चनपुरमा कांग्रेस, एमाले र रास्वपाको त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेछ, तर को बलियो भन्ने कुरा थारू समुदायको मतले निर्णाय गर्नेछ । पहाडी जिल्लामा ब्राह्मण–क्षेत्री र परम्परागत दलीय निष्ठा बलियो देखिन्छ । यहाँका मतदाता वैदेशिक रोजगारी र कृषिमा निर्भर छन् ।
सुदूरपश्चिमा २०७४ को चुनावमा एमालेले ११ सिट जितेको थियो । २०७९ मा एमाले २ सिटमा खुम्चियो । माओवादीसित गठबन्धन गरेर कांग्रेसले मात्रै ८ सिट जित्यो । डडेलधुरा र सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली ठहरिँदै आएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक निष्क्रिय हुनुहुन्छ । यो पालिको चुनावले सुदूरपश्चिममा देउवाको प्रभाव के कति बाँकी छ ? नेपाली कांग्रेसमा शेरबहादुरको छवि शेर कै छ कि म्याउ भयो भन्ने पनि अर्को हप्ता स्पष्ट हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।