गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयमा लगाएको ताला आज खुलेकाे छ । नेपाल फुटलब खेलाडी सङ्घसँग एन्फाको तर्फबाट महासचिव किरण राईको टोलीले गरेको छलफलपछि तालाबन्दी खोलिएको हो ।
एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग यही चैत ३० गतेबाट शुरू गर्ने सहमति भएको छ । साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम सङ्घले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।
खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।
१ हजार दिनभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ‘ए’ डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषबारे जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशि लगायतका माग राख्दै खेलाडी संघले अस्ति आइतवार एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।